Incident Reports

तनहुँमा अशक्त महिला बलात्कृत

2019-10-28

Gandaki, Tanahun, Bhimad, Ward 9

दुलेगौँडा(तनहुँ)– तनहुँमा ४२ बर्षिय अशक्त महिला बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा भिमाद नगरपालिका–९ पाइमीका १९ बर्षीय शंकर परियारलाई प्रहरीले शुक्रबार साँझ प्रकाउ गरेको छ।

जन्मजात अशक्त रहेकी महिलालाई घरमै बसिरहेको बेला मादक पदार्थ सेवन गरी गएका परियारले बलात्कार गरेको तनहुँ प्रहरीले जनाएको छ। महिलालाई शुक्रबार उपचारका लागि जिल्ला अस्पताल दमौली लगिएको थियो। उपचारपछि शनिबार डिस्चार्ज गरिएको छ।

बलात्कारको आरोप लागेका परियार प्रहरी हिरासतमा छन्। तिहार विदा सकिने वित्तिकै उनलाई अदालतमा पेश गर्ने प्रहरीको तयारी छ। घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments