Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-31

Karnali, Dailekh, Dullu, Ward 10

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुल्लू नपा–१० गमौडीका ४० वर्षीय अशोक शाहीलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १५ गते बिहान जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका इन्सपेक्टर उपेन्द्र आचार्यले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १५ गते नै जिल्ला अस्पताल, दैलेखमा गरिएको प्रहरीले जनाएको छ ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments