Incident Reports

धरानमा १३ वर्षीया बालिका बलात्कृत, आरोपित पक्राउ

2019-10-29

Province 1, Sunsari, Dharan, Ward 16

धरान : धरानमा भाइटीकाको दिन १३ वर्षीया बालिका बलत्कार गर्ने एकजना पक्राउ परेका छन्। मंगलबार भाइटीकाको दिन धरान उपमहानगरपालिका–१६ स्थायी घर भएकी बालिकालाई आफ्नै कोठामा बोलाएर बलत्कार गरेको अभियोगमा धनकुटाका ३५ वर्षीय गिरेन्द्र राईलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ। धनकुटाको छिन्ताङ घर भएका राई धरान १६ मा डेरा गरेर बस्दै आएका थिए।

छिमेकी बालिकालाई कोठामा बोलाएर बलत्कार गरेपछि पीडितको उजुरीका आधारमा पीडक राईलाई तत्काल प्रहरी परिचालन गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले बताएका छन्।

उनले बलात्कारमा संलग्न राईलाई बिहीबार जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दर्ता गरी जिल्ला अदालत सुनसरीमा म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाइएको बताए। प्रहरीले पीडित र पीडक दुबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणसमेत गरेको छ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments