Incident Reports

सम्पतिको लालचमा छोराद्वारा आमाको हत्या

2019-11-01

Lumbini, Kapilbastu, Kapilbastu, Ward 8

कपिलवस्तु नगरपालिका–८ दोहनीकी ५५ वर्षीया फूलमती कुर्मीलाई सम्पतिको लालचमा २५ वर्षीय छोरा कोठरी भन्ने सुरेन्द्र कुर्मीले कात्तिक १५ गते कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

छोराले मादक पदार्थ सेवन गरी कात्तिक १५ गते राति घरमा आमालाई कुटपिट गरी हत्या गरेको अवस्थामा कात्तिक १६ गते बिहान ६ बजे मात्र प्रहरीले जानकारी पाप्त गरेको जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल, तौलिहवामा कात्तिक १६ गते गरिएको छ । छोरा सुरेन्द्र फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सँगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताएका छन् ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments