Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-24

Karnali, Salyan, Bangad Kupinde, Ward 3

२२ वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–३ धारापोखरा निवासी ४० वर्षीय तुल्सीबहादुर रानालाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।

पीडितले कात्तिक १६ गते दिएको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर उमाकान्त जोशीले बताए ।

पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गरेको र अन्तिम पटक कात्तिक ७ गरे बलात्कार गरेको बताइन् ।

बलात्कारपछि घटनाबारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको समेत पीडित महिलाले बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिन आएकी पीडित र उनका आफन्तलाई इन्सेक र रेस नेपालको सहयोगमा जिल्लामा रहेको सुरक्षित आवासगृहमा बस्ने वातावरण मिलाइएको छ  ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते जिल्ला अस्पताल सल्यानमा गरिएको छ । इन्सेकले कानुनी परामर्शका साथै लिखित उजुरीमा समेत पीडितलाइ सहयोग गरेको छ । पीडितपक्षले कात्तिक १७ गते जिल्ला प्रहरीमा उजुरी दर्ता गरेका छन् ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments