Incident Reports

नेविसंघका कार्यकर्ताद्वारा वीरगन्ज महानगरपालिकाकी उपमेयरको कार्यकक्षमा तोडफोड

2019-08-12

Madhes, Parsa, Birgunj

वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीको कार्यकक्षमा आइतबार विधार्थी नेताहरुको एक समुहले तोडफोड गरेको छ । उपमेयर कार्कीकै दल नेपाल विद्यार्थी संघका केही कार्यकर्ताहरुले उपमेयर कार्कीको कक्षमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट उपमेयर कार्की बस्ने टेबुलको सिसा फुटेका छन् भने टेलिफोन सेट र फर्निचरमा पनि क्षति पुगेको छ । महानगरपालिकाले प्रदान गर्ने छात्रवृतिमा चलखेल भएको भन्दै त्यस बारेमा जानकारी लिन महानगरपालिकाको कार्यालयमा पुगेका नेविसंघका ७-८ जना कार्यकर्ताहरुले विवाद गरि उपमेयरको कार्यकक्षमा तोडफोड गरेका छन् ।  

उपमेयर कार्कीले पनि महानगरपालिकाले प्रदान गर्ने छात्रवृतीको विषयमा आफनो कार्यकक्षमा छलफल भइरहेकै बेला तोडफोड गरिएको बताए । 

विद्यार्थीहरुलाई दिइने छात्रवृत्तीबारे महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णसँग छलफल गरिरहेकै बेला आफनो कार्यकक्षमा जबरजस्ती छिरेर केही विद्यार्थीहरुले तोडफोड गरेको उनले बताइन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Parsa

0 Comments