Incident Reports

प्रहरीको ज्यादतीको विरोधमा होटलहरु कलैयामा बन्द

2019-07-04

Madhes, Bara, Kalaiya

प्रहरी ज्यादतीको बिरोधमा कलैया लगायत आसपासमा रहेका होटलहरु शुक्रवार बन्द भएको छ।

हवल्दार अनेश कुमार सहनीले होटल व्यवसायीहरुलाई धम्काउने गरेको आरोपमा होटलहरु बन्द गरिएको कलैया होटल व्यवसायी संघका अध्यक्ष शिवशंकर साहले जनाए। बिना सूचना प्रहरी हवलदार सहनीले बिहीवार बेलुका भरतचोकमा धुवा भयो भनेर सुकदेव सेकुवा पसल र बारा सेकुवा पसलमा मासु सेक्ने फलामको झिर सहित मासु समेत सडकमा फालेपछि होटल व्यवसायीहरुले विरोध गरेका हुन् । प्रहरीकै कारण होटल बन्द गर्ने अवस्था आएको व्यवसायीहरु बताउँछन्। यसले गर्दा सर्वसंधारणलाई दुख भोग्नु परेको संघका अध्यक्ष साहले बताए । यो आफूहरुको रहर नभई प्रहरीको दमनको विरोधमा उत्रन बाध्य भएको उनले प्रष्टाए। प्रहरीको बिरोध स्वरुप होटलहरु बन्द गरेको साहले जनाएका हुन्।

प्रहरी हवल्दार सहनीलाई कारवाही गर्न माग व्यवसायीहरुको छ ।होटल बन्द भएपछि नियमित रुपमा खाना खाने कर्मचारीहरुलाई र वाहिरवाट कलैया आएर बास बसेकाहरुलाई निकै सास्ती भोग्नु परेको छ। होटल बन्द रहेकोले आफूहरु भोकै वस्ने अवस्था आएको सविन साहले साझेदारी दैनिकलाई भने । सेकुवाको पसलहरु बन्द हुदा वीरगञ्जवाट कलैया सेकुवा खान आएका सेकुवाप्रेमीहरु समेत फर्केका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Local Newspaper - Bara

0 Comments