Incident Reports

चोभारबाट पेस्तोलसहित ३ जना पक्राउ

2019-11-07

Bagmati, Kathmandu, Kirtipur

२१ कात्तिक, काठमाडौं । प्रहरले काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरे ।

उनले अनलाइनखबरसँग भने, ‘बा १७ च ८३६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।’

थापाले पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको बताए । उनका अनुसार तीनै जनामाथि हातहतियार तथा खरखजना ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढाइनेछ ।

National/Online Media , Local Newspaper - Chitwan

0 Comments