Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-10-17

Karnali, Surkhet, Birendranagar, Ward 6

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–६ बस्ने ४५ वर्षीय रामबाबु गुप्ताविरूद्ध कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडित युवतीलाई साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय, सुर्खेतका प्रमुख समेत रहेका आरोपित गुप्ताले जागिर लगाइदिने बहानामा असोज २५ गते र असोज ३० गते फोन गरी डेरामा बोलाएर बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएकी हुन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कानुनी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी रवि रावलले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक २० गते कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा गरिएको प्रहरीले जनाएको छ ।

दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Surkhet

0 Comments