Incident Reports

अपहरित बालिकाको खोजी गर्न पीडित परिवारको माग

2019-10-31

Madhes, Saptari, Khadak, Ward 9

१५ वर्ष ११ महिना ७ दिनकी बालिकालाई खडग नपा–९ शर्पा टोलका २१ वर्षीय मो. नौसाद आलम र राजविराज नपा–९ बिहारपुरका ३९ वर्षीय फिदा हुसेन लगायतका चार जनाले अपहरण गरी शरीर बन्धक बनाएको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा कात्तिक २१ गते उजुरी दिएका छन् ।

पीडित बालिका शौच गर्न घर बाहिर निक्लिएका बेला कात्तिक १४ गते स.९प ९५५० नम्बरको पल्सर मोटरसाइकलसहित दुई मोटरसाइकलमा बाटो ढुकी बसेका आरोपितहरूले बालिकालाई अपहरण गरेको पीडित परिवारको आरोप छ ।

पीडितका बुबाका अनुसार आरोपितहरूले बालिकालाई नियन्त्रणमा लिई मुख थुनी मोटरसाइकलमा राखी पछाडी अर्को मानिसले पक्री भाग्न उम्कन नदिई अपहरण गरी शरीर बन्धक बनाएका हुन् ।

अभिभावकले पीडित बालिकाको जन्म दर्ता, फोटोसहित खोजतलासका लागि कात्तिक १५ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा हुलिया जाहेरी दिएकोमा आरोपितहरू पत्ता लागेपछि किटानी उजुरी दिएका हुन् ।

उजुरी दर्ता गरी पीडितको खोजी गर्न र आरोपितहरूलाई गिरफ्तार गर्न प्रहरीले चासो नदिएको परिवारका सदस्यहरूले गुनासो गरेका छन् । पीडित र आरोपित हालसम्म फेला परेका छैनन् ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments