Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-11-07

Madhes, Sarlahi, Godaita, Ward 9

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले गोडैता नपा–९ सिसौटीयाका २१ वर्षीय वीरेन्द्र यादवलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।

विद्यालयमा पढ्न गएकी बालिकालाई आरोपितले कात्तिक २१ गते यौन दुर्व्यवहार गरेको आरोप छ । पीडितले दाजुलाई फोन गरी बोलाएपछि आरोपित यादवलाई सोही दिन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोडैतामा खबर गरी बुझाएको पीडित पक्षले जनाएको छ ।

आरोपित यादवलाई गिरफ्तार गरी घटनाको अनुसन्धान सुरू गरिएको इलाका प्रहरी कार्यालयका असई सुशीलकमार सिंहले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलङ्गवामा कात्तिक २१ गते गरिएको प्रहरीले जनाएको छ ।

बुधन साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments