Incident Reports

जातीय विभेद तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2019-11-08

Lumbini, Pyuthan, Sarumarani, Ward 5

सरुमारानी गाउँपालिका–५ की २४ वर्षीया सुशीला कामीलाई जातीय विभेद गरी घर निकाल गरेको आरोपमा प्रहरीले २६ वर्षीय चित्रबहादुुर खाम्चालाई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपित खाम्चा, सासू  र ससुराले ‘तँ कमिनी तल्लो जातकी हाम्रो सम्पति देखेर हाम्रो घरमा पस्न आएकी’ जस्ता गाली तथा दुव्र्यवहार गरेको भन्दै घरमा बस्न नदिएको र अहिले माइती घरमा बस्दै आएको पीडितको भनाई छ ।

पीडित महिलाले न्यायका लागि कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।

उनका अनुसार पतिपत्नी बिच प्रेम सम्बन्ध रही ०६९ सालमा विवाह भएको र एक सन्तान पनि रहेका छन् ।

घरमा बारम्बारको मानसिक तथा शारीरिक यातनाका कारण बस्न नसकी कात्तिक १० गते घरबाट निस्किएको पीडितले बताएकी छन् ।

रविन्द्र पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments