Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-03

Bagmati, Makawanpur, Hetauda, Ward 15

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ का २८ वर्षीय जयराम रुम्बालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा फरार आरोपितलाई गिरफ्तार गरिएको उक्त कार्यालयका एसपी मुकेशकुमार सि‌‌ंहले बताए ।

बलात्कार पश्चात बेहोस अवस्थामा भेटिएकी पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १७ गते हेटौँडा अस्पतालमा गरिएको र बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारको लागि हेटौँडा अस्पतालले सोही दिन मेडिकल कलेज चितवनमा रिफर गरेको छ ।

पुरानो मेडिकल कलेज चितवनमा भर्ना भई उपचाररत पीडित बालिकाको उपचार भइरहेको एसपी सिंहले बताए ।

पुष्पराज अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments