Incident Reports

सडकले पहिरो निम्त्याएपछि क्षीपुर्तीको माग गर्दै धर्ना

2019-09-07

Sudurpashchim, Darchula, Mahakali, Ward 9

दार्चुलामा महाकाली नगरपालिका ९ दत्तुका पहिरो पीडितले राहत र क्षतिपूर्तिको माग गर्दै नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । सडक निर्माण पछि गत असार २६ गते आएको पहिरोको कारण झण्डै २० परिवार जोखिममा परेको भन्दै राहत र क्षतिपूर्ति दिनुपर्ने माग सहित धर्ना दिएका हुन् । सडक निर्माण गर्दा जथाभावी डोजर प्रयोग गर्दा पहिरो निम्तिएको भन्दै नगरपालिकाले राहत र क्षतिपूर्ति तत्काल दिनुपर्ने उनीहरुको माग छ ।

नगरपालिकाले दत्तु-थाप्ला मालिकार्जुन सडक निर्माणको क्रममा वातावरणीय प्रभाव मूल्यांकन विनै सडक खनेको, सडकको डिपिआर तयार नगरेको तथा आफ्नो कार्यकर्ताको घरमा सडक पुगाउनका लागि राती डोजर लगाएर सडक खन्दा पहिरो निम्त्याएको स्थानीयको आरोप छ।

उनीहरुले सडक निर्माण गर्दा स्थानीयको सहमती विपरित सडक निर्माण गरेर मानव निर्मित पहिरो ल्याउनमा नगरपालिकाको प्रमुख भूमिका रहेको भन्दै तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

स्थानीय नरसिह चैसिरले नगरपालिकाले दत्तबासीलाई राहत र क्षतिपति दिलाउने विषयमा आनाकानी गरेको  बताए । दत्तुका स्थानीयले मागपत्र उप-प्रमुख सुना बोहरालाई बुझाएका छन् ।

बोहराले कार्यपालिका बैठकमा राखेर छलफल गर्ने आश्वासन दिईन् । माग पत्र बुझाउन जाने क्रममा दत्तुका स्थानीयलाई प्रहरीले नगरपालिका मूल गेटबाहिर रोकेपछि केहि बेर तनाव भएको थियो । नगरपालिका भित्र गएर बस्न पाउनुपर्छ भन्दै स्थानीयले मेयर हंशराज भट्टका विरुद्धमा नाराबाजी गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments