Incident Reports

जलाएर हत्या गरेको आशंका

2019-09-16

Lumbini, Kapilbastu, Buddhabhumi, Ward 6

कपिलवस्तुको भुद्धभूमि नगरपालिका वडा नं. ६ बैरिहवामा एक महिलाको रहस्यमय मृत्यु भएको छ।

उनलाई उनका घरका श्रीमान, सासू, ससुरा मिलेर जलाएर हत्या गरेको माइती पक्षको आशंका छ । सोमबार राति उनी मृत अवस्थामा भेटिएकी हुन् । शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको हो।

आफ्नी २२ वर्षीया छोरी शीला नाउलाई उनकै श्रीमान जगदीश नाउ सम्धी भिखी नाउर सम्धीनी बासमतीले जलाएर मारेको मृतकका बुवा विष्णु नाउले आरोप लगाए। सोमबार राति ११ बजे तिर शीला आफ्नो कोठामा जलेर गम्भीर घाईते अवस्थामा थिईन । कपिलवस्तु नगरपालिका- ५ श्रीरामपुरका मृतकका बुवा विष्णुले छोरीको घाँटी च्यापेर हत्या गरिएको र पछि मट्टीतेलले तीन जना मिलेर जलाएको आरोप लगाए।

'छोरी र ज्वाइबीच झगडा भईरहन्थ्यो, मलाई खबर पनि आउँथ्यो तर त्यत्रो घटना हुँदा पनि मलाई कसैले जानकारी गराएनन् ।' -उनले भने । उता कोठा भित्र रहेकी शिलालाई ढोका फोरेर निकालिएको प्रहरीले जनाएको छ।

उपचारका लागि तौलिहवा अस्पताल ल्याउनेक्रममा शिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । उनले घटना हत्या वा आत्महत्या अझै यकीन भई नसकेको बताए । 'हामीले दुईटै पाटोलाई हेरेर अनुसन्धान गरिरहेका छौ ।'-उनले भने । शीलाको छाती र पेटको भाग जलेको छ। टाउको र हातमा केही भएको छैन । ५ वर्ष अघि शीलाको विवाह भएको थियो।

गत फागनुमा मात्र गौना गरेर जगदीशले शीलालाई आफ्नो घर लगेका थिए । विष्णुका बैनी ज्वाई राजु नाउले शीला र जगदीशबीच यस अघि पटक-पटक झैझगडा हुने गरेको बताए । राजुको शैलुन पसलमा जगदीशले काम गर्ने गर्थे । केही कुरा भए पनि आफुलाई जगदीशले भन्ने गरे पनि त्यस दिन भने केही जानकारी नगराएको उनले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Rupandehi

0 Comments