Incident Reports

विश्वविद्यालय परिसरमै यौन दुर्व्यवहार

2019-11-12

Bagmati, Kathmandu, Kirtipur

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा अपरिचित व्यक्तिले यौन दुर्व्यवहार गरेको भन्दै केन्द्रीय क्याम्पसमा अध्ययनरत छात्राहरूले प्रहरीमा उजुरी दिएका छन् । 

 विश्वविद्यालयको तीनकुनेदेखि केन्द्रीय पुस्तकालयसम्म र नेपाल बैंकबाट परीक्षा नियन्त्रण कार्यालय आउने बाटोमा युवाहरूले यौन दुर्व्यवहारको प्रयास गर्ने गरेको उजुरीमा उल्लेख छ । ‘केटी देख्नेबित्तिकै जिस्काउने, हस्तमैथुन गर्ने युवाको समूह बढ्न थालेपछि उजुरी दिएका हौं,’ एक छात्राले कान्तिपुरसँग भनिन्, ‘केही साथी पटकपटक दुर्व्यवहारमा परिसकेकाले बेलैमा सचेत गराएका हौं ।’ केही महिनाअघि नेपाल बैंकबाट परीक्षा नियन्त्रण कार्यालयतर्फ जाने बाटोमा एक प्राध्यापकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । ‘साँझ–बिहान हिँड्न असुरक्षित महसुस हुन थाल्यो,’ उनले भनिन्, ‘कुनै अप्रिय घटना नघटोस् भनेर सम्बिन्धत निकायलाई बेलैमा जानकारी गराएका हौं ।’ उजुरीमा त्रिवि परिसर कीर्तिपुरमा सुरक्षाको वातारण कायम गर्न माग गरिएको छ । त्रिवि हातामा नचिनेका युवाको समूहले यौनजन्य दुर्व्यवहार गर्ने गरेको छात्राहरूको गुनासो छ । महानगरी प्रहरी वृत्त कीर्तिपुर, उपकुलपति, रजिस्ट्रार र क्याम्पस प्रमुख कार्यालयमा विद्यार्थीले उजुरी दिएका हुन् । छात्राहरूले सामूहिक हस्ताक्षरसहित प्रहरीलाई दिएको उजुरीमा युवाहरूले गर्ने त्यस्ता क्रियाकलाप गर्दा शारीरिक र मानसिक रूपमा असुरक्षित महसुस गरेको उल्लेख छ । छात्राले विभागीय प्रमुखहरू र क्याम्पस प्रमुख कृष्ण आचार्यलाई समेत यस विषयमा ध्यानार्कषण गराइसकेको जनाएका छन् । ‘विश्वविद्यालयभित्र धेरैतिर झाडी बढेको छ, मुलबाटोबाट दायाँबायाँ लाग्नेबित्तिकै केटाले साथीलाई पटकपटक जिस्काउने गरेपछि उजुरी दिएका हौं,’ अर्की छात्राले भनिन् । बिहान सबेरै क्याम्पस आउन र साँझ अबेरसम्म पढेर एक्लै घर फर्कन असहज महसुस हुने गरेको उनीहरूको गुनासो छ । ‘विश्वविद्यालय परिसरमा साँझबिहान एक्लै हिँड्न सक्ने अवस्था छैन, साँझ अबेरसम्म प्रयोगात्मक कक्षा हुँदा झाडीको बाटो फर्कन सकिँदैन,’ छात्राहरूले विभागीय प्रमुखलाई गरेको उजुरीमा भनिएको छ, ‘हामीले विश्वविद्यालयभित्रै असुरक्षित महसुस गरेका छौं, केही अप्रिय घटना भयो भने जवाफदेही को हुने ?’ प्रिन्सिपल कार्यालयले प्रहरीसँग शान्ति सुरक्षाको विषयमा छलफल गराएको छ । छलफलका क्रममा क्याम्पसले प्रहरीसँगको सहकार्यमा चौबीसै घन्टा विश्वविद्यालय आसपासमा शान्तिसुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । सुरक्षा व्यवस्था गरिदिनुपर्ने सर्तमा विश्वविद्यायलले महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई ५ रोपनी जग्गा उपलब्ध गराएको छ । क्याम्पस प्रमुख कृष्ण आचार्यले छात्राको मागलाई मध्यनजर गरेर विश्वविद्यालयभित्र प्रहरीको गतिवधि बढाउने सहमति भएको जनाए । ‘दुर्व्यवहार हुने गरेको कुरा आएपछि क्याम्पस प्रशासन, विद्यार्थी र प्रहरी बसेर छलफल गरियो,’ उनले भने, ‘त्यस्ता गतिविधिमा संलग्नको पहिचान गर्ने र सुरक्षित वातावरण बनाउने निर्णय गरिएको छ ।’  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments