Incident Reports

बलात्कारको अभियोगमा पक्राउ

2019-09-29

भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी आफ्नै भान्जीलाई केहीवर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै आएको खुल्न आएको जिल्ला प्रहरी बझाङले जनाएको छ।

पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै ती मामालेपटक-पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले जानकारी दिए।

बलात्कारीमाथि प्रहरीले जबरजस्ती करणीमा भद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान गरिरहेको छ ।कक्षा ९ मा अध्ययनरत ती बालिकामाथि बलात्कार गर्ने मामाको उमेर ६३ वर्ष रहेको प्रहरीले जनाएको छ।

पीडित बालिकाको अनुसार अभियुक्तले जुस जस्तो झोलिलोपदार्थमा नसालुवस्तु हालेर लठ्ठाएर बेहोस बनाएर बलात्कार गर्ने गरेका थिए। उनले भान्जीको मोबाइलमा केही अश्लिल तस्विरसमेत खिचेका थिए। गत हप्ता बालिकाको भाइले पीडित बालिकाको मोबाइल चलाउन खोज्दा लक खोल्न नजानेपछि एक जना छिमेकीको सहयोग मागे।

छिमेकीले उनको मोबाइल खोल्दा अश्लिल तस्बिरहरु देखेपछि तस्विरसहित प्रहरीलाई खबर गरेका थिए।

ती मामाले बालिकालाई नग्न बनाएर सेल्फी फोटोहरु भान्जीकै मोबाइलमा खिचेका थिए । तस्विरमा बालिका पूर्ण बेहोस अवस्थामा देखिन्छिन भने पीडक पूर्णहोसमा रहेको देखिन्छ।

भान्जी बलात्कारको आरोपमा पक्राउ परेका यी वृद्ध २०७२ साल मंसिरमा पनि बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए । १४ वर्षीय बालिकाको बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनले सोही अभियोगमा १६ महिना कैद भुक्तान गरेर २०७४ सालमा छुटेका थिए।

उच्च अदालत दिपायलले सोही अभियोगमा उनलाई चार वर्ष थप सजायको फैसला गरेको थियो । यो मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ। त्यसबेला उनले छिमेकी छोरी नाता पर्ने - साविक भैरवनाथ गाविसमा कक्षा ६ पढ्ने एक बालिकालाई बलात्कार गरेका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Kanchanpur

0 Comments