Incident Reports

कञ्चनपुर दुर्घटना : कुटपिट गर्ने एसएसपीमाथि कारवाहीको माग गर्दै प्रर्दशन

2019-11-17

Sudurpashchim, Kanchanpur, Krishnapur

कञ्चनपुरमा शनिबार राती भएको मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका पीडितका परिवारलाई क्षतीपूर्ती र कुटपिट गर्ने एसएसपीमाथि कारवाहीको माग गर्दै प्रर्दशन गरिएको छ। स्थानीयले ईलाका प्रहरी कार्यालय झलारी घेराउ गर्दै प्रर्दशन गरेका हुन्।

उनीहरुले वाणीमा ट्रकले ठक्कर दिदा घाईते भएका दुवैजनालाई किचेर मारिएको भन्दै क्षतीपूर्तीको माग गरेका छन्। यस्तै शनिबार नै घटना स्थल पुगेका संघिय प्रहरी ईकाइ धनगढीका प्रमुख एवं एसएसपी देवबहादुर बोगटीलाई पनि कारवाहीको माग गरिएको छ।

उनीहरुले एसएसपी बोगटीले आफूहरुमाथि ट्रक धनीलाई जोगाउन मदिरा सेवन गरी कुटपिट गरेको आरोप लगाएका छन्। उनीहरुले ट्रक धनी र एसएसपी बोगटीलाई झलारी झिकाएर छलफल गरिनुपर्ने माग पनि राखेका छन्।

ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरिक्षक नैनसिह साउँदले अहिले ट्रक धनी बोलाएर छलफल गरिरहेको जानकारी दिए।

शनिबार राती कृष्णपुर नगरपालिकाको वाणीमा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किर स्थानीय २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको थियो।

तर मृतकका आफन्तले भने रोकेको ट्रकमा ठोक्किएर नभई ठक्कर दिएको आरोप लगाएका छन्।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments