Incident Reports

जथाभावी काटिने गरेको विद्युतका बिरोधमा आधा घण्टा चक्का जाम गरि बिरोध

2019-09-03

Madhes, Dhanusha, Janakpur

देशमा लाडसेडिंग अन्त्य भएको घोषणा गरिसकिएको छ । तरपनि विद्युत अनियमित तरीकाले काटिने, विद्युत भएपनि कम भोल्टेज रहने लगायतका समस्या जनकपुर लगायतका क्षेत्रमा ब्याप्त रहेको छ । यत्तिको हुंदापनि विद्युत प्राधिकारणले सुधार तर्फ नत ध्यान दिएको देखिन्छ नत यत्तिको दिनमा सुधार हुन्छ भनेर सूचना नै दिने गरेको छ ! कुनैपनि समयमा घण्टौसम्म विद्यत कटिरहने गर्दछ ।

विद्युत भएपनि भोल्टेज नै हुँदैन । अति भएपछि सर्वसाधारण बिरोधमा उत्रन बाध्य हुनुपरेको अवस्था छ । सो क्रममा स्थानिय उपभोक्ताहरुले बिहानैदेखि जनकपुर अञ्चल अस्पताल रोडमा चक्काजाम गरेका छन् । बिद्युत आपुर्तीमा अनियमितता हुँदा समेत सम्बन्धित निकायले वेवास्ता गरेको भन्दै उनीहरुले आधा घण्टा चक्काजाम गरेका हुन् ।

प्राधिकरणले लामो समयसम्म अनियमित रुपमा बिद्युत कटौती गरेकोले उपभोग गर्न नपाएको भन्दै नियमित रुपमा वितरणको माग सहित स्थानियले चक्काजाम गरेका हुन् । पटक पटक त्यस क्षेत्रका बासिन्दाले सहज रुपमा बिद्युतको सहजताका लागि माग गरेपनि समस्या जस्ताको त्यस्तै रहेको भन्दै स्थानियहरु आक्रोशित भई चक्काजाम गरेको बताए ।

तापक्रम बृद्धिभएपनि पंखा लगायत अन्य बिद्य तीय सामग्रीहरु सहज रुपमा उपभोग गर्न नपाएको स्थानीयको गुनासो थियो । जनकपुर विद्युत प्राधिकरणले गर्मीको समयमा पनि बत्ती काटेर विद्यत उपभोक्तालाई सास्ती दिदै आएको उनीहरुको आरोप छ। उनीहरुले भने अबपनि सुधार नभए विद्युत प्राधिकरणका हाकिमकै बिरोधमा आफुहरु उत्रिन बाध्य हुनेछौं ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments