Incident Reports

हत्या घटनाका आरोपित गिरफ्तार

2019-11-15

Province 1, Morang, Kanepokhari, Ward 1

कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ५५ वर्षीया सीता सोरेनको हत्या गरेको आरापमा प्रहरीले भाइहरू ५१ वर्षीय विजय किस्कु र ३२ वर्षीय वीरेन्द्र किस्कुलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

जग्गाको अंश विवादका क्रममा आरोपितद्वयले कात्तिक २९ गते सीतालाई कुटपिट गरेको आरोप छ । कुटपिटबाट घाइते भएकी पीडितको उपचार गर्ने क्रममा विराट नर्सिङ्ग अस्पातलमा कात्तिक २९ गते मृत्यु भएपछि आरोपितद्वयलाई कात्तिक ३० गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

शवको पोष्टमार्टम कोशी अञ्चल अस्पताल विराटनगरमा कात्तिक ३० गते गरी शव परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

इन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
INSEC , Local Newspaper - Jhapa

0 Comments