Incident Reports

नदी उत्खननको विषयमा प्रहरी र स्थानीयबीच झडप, तीन घाइते

2019-11-19

Province 1, Udayapur, Belaka

३ मंसिर, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ ।

नदी उत्खननको विषयलाई लिएर अवरोधमा उत्रिएका स्थानीयको माग सम्बोधन नगरी टिपरलाई सदरमुकामतर्फ लान खोजिएपछि झडप भएको स्थानीयले जनाएका छन् ।

सिसुवा खोलाबाट अवैध रुपमा ढुंगा, गिटी निकालिएको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपरलाई केही दिनदेखि रोकिराखेका थिए ।

मंगलबार बिहान प्रहरीले सुरक्षाका कारण देखाउँदै सदरमुकामतर्फ टिपर लान खोजेको थियो ।

तर, स्थानीयले टिपर लगिएको सूचना पाएलगत्तै अवरोध जनाएका थिए । त्यसक्रममा भएको झडपमा तीन जना प्रहरी पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, उदपुरको सञ्चार शाखाले जनाएअनुसार नगरपालिकाले पर्याप्त छलफलविनै लालबजारको खोलाबाट गिटी बालुवा निकाल्न टेण्डर खुलाएको स्थानीयवासीको भनाइ छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । अहिले स्थानीयले यातायात सेवा ठप्प पारेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other , Other
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments