Incident Reports

नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि कुटपीट

2019-11-22

Madhes, Parsa, Birgunj

६ मंसिर, वीरगञ्ज । नेशनल मेडिकल कलेज, वीरगञ्जमा आन्दोलनरत एमबीबीएस अध्ययनरत विद्यार्थीमाथि शुक्रबार कुटपीट भएको छ । कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलनरत विद्यार्थी होस्टल फर्किने क्रममा गेटमै कुटिएका हुन् ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले छुट्याएको थियो ।

शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समय सकिन ३ दिन बाँकी हुँदा आन्दोलनरत विद्यार्थीले शुक्रबार पनि कलेज अगाडि धर्नामा बसेका थिए । दिउँसो २ बजेदेखि ५ बजेसम्म धर्नामा बसेका उनीहरु धर्ना सकेर होस्टल जाने क्रममा कुटपीट भएको पीडित विद्यार्थीले बताएका छन् ।

आन्दोलनरत विद्यार्थीहरुका अनुसार धर्ना सकेर होस्टल फर्कने क्रममा २ नम्बर गेटमा कुरेर बसेका सिनियर विद्यार्थीहरुले हातपात गरेका हुन् ।

‘२ नम्बर गेटबाट भित्र पस्न खोज्दै थियौं, अगाडि केटी साथीहरु थिए, केटीहरुमाथि समेत हातपात भएको छ’ आन्दोलनरत एक विद्यार्थीले भने ‘प्रहरी अगाडि नै भए पनि हातपात भइसकेपछि मात्रै छुट्याउन आए ।’ घटनापछि आन्दोलनरत विद्यार्थीले सिनियर विद्यार्थीविरुद्ध समेत नाराबाजी गरेका थिए ।

कलेज व्यवस्थापन पक्षले भारतीय र नातागोतामा पर्ने सिनियर विद्यार्थीलाई उचालेर आफूहरु माथि आक्रमण गराएको आरोप उनीहरुको छ । उनीहरुले हातपात गर्ने सिनियर विद्यार्र्थी कारबाही नगरेसम्म बाहिरै बस्ने चेतावनी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसी वीरेन्द्र शाहीले भने विद्यार्थीहरुबीच विवाद मात्रै भएको बताएका छन् । ‘दिउँसो केही विद्यार्थी धर्नामा बसेका थिए, उनीहरु धर्नाबाट गइसकेपछि अन्य विद्यार्थीहरुसँग विवाद भएको हो । त्यसपछि केही विद्यार्थीहरुले नाराबाजी गरिरहेको खबर आएको छ’ उनले भने ।

झगडा र अप्रिय घटना हुन नदिन आफूहरु गम्भीर रहेको डीएसपी शाहीले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Female Abducted 00
National/Online Media

0 Comments