Incident Reports

बसरुद्धिनलाई पक्राउको माग गर्दै अनेरास्ववियूको प्रदर्शन

2019-11-24

Madhes, Parsa, Birgunj

८ मंसिर, वीरगञ्ज । नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको छ ।

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै अनेरास्ववियूले उनलाई पक्राउको माग गरेको हो ।

गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको होस्टलको गेटमा कुटपीट भएको थियो । उक्त घटनाको विरोधमा आइतबार अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको हो ।

अनेरास्ववियूको केन्द्रीय नेतासमेत सहभागी विरोध र्‍याली घण्टाघरमा सुरु भई बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो । उनीहरुले बसरुद्धिनलाई पक्राउ गर लेखिएको प्लेकार्ड बोकेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments