Incident Reports

कैलालीमा प्रहरीकी श्रीमतीमाथि कुटपिट गर्दै घर निकाला

2019-11-26

Sudurpashchim, Kailali, Godawari

लैङगीक हिसां विरुद्धको १६ दिने अभियान चलेकै अवस्थामा कैलालीमा एक महिलामाथि कुटपिट गर्दै घर निकाला गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ कि २८ बर्षीय एक महिलालाई उनकी सासु सुनिता बोहराले कुटपिट गर्दै घर निकाला गरेकी हुन्। कुटपिटबाट घाईते भएकी महिलाको पदमा अस्पतालमा उपचार भईरहेको छ।

ति महिलाले पछिल्लो एक महिनादेखि सासुले गालीगलौज गर्दै आएको र आज कुटपिट गरि घर निकाला गर्न खोजेको आरोप लगाईन्। उनले आफ्ना सबै सामान समेत घर बाहिर फालिदिएको बताईन्। उनले आफ्नो घरमा नबस्न सासुले विगत एक महिनादेखि दवाव दिदै आएको समेत बताईन्।

उनले प्रहरीमा उजुरी दिने समेत तयारी गरेकी छिन्। उनका श्रीमान नेपाल प्रहरीका जवान हुन्। यता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले ति महिलाकी सासु बोहरालाई पक्राउ गर्न प्रहरी पठाएको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments