Incident Reports

कुटपिटको विरोधमा प्रहरी चौकी अगाडि प्रदर्शन

2019-11-25

Madhes, Parsa, Thori, Ward 2

प्रहरीले स्थानीय युवाहरूलाई कुटपिट गरेको भन्दै ठोरीस्थित इलाका प्रहरी कार्यालयअगाडि सोमवार स्थानीयले विरोध जनाएका छन् । आइतवार साँझ ठोरी–२ वनशक्तिमा रहेको ठोरी भ्यू होटलमा भएको विवादका बारेमा छलफल गर्न गएका स्थानीय युवाहरूलाई इप्रका ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले गालीगलौज गर्दै हातपात गरेको विरोधमा स्थानीयले टायर बालेर प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

आइतवार साँझ ठोरी–२ वनशक्तिमा रहेको ठोरी होटेल भ्यूमा स्थानीय युवाहरू शङ्कर लामिछाने, रूपेश लामालगायत युवाहरू र केही भारतीय नागरिकहरूबीच विवाद भएको थियो । सोही विवाद भइरहेका बेला प्रहरी पुगेपछि विवाद गरिरहेका दुवै पक्ष होटेल छाडेर भागेका थिए । सोक्रममा प्रहरीले स्थानीय युवाहरूको मोटरसाइकल नियन्त्रणमा लिएर इप्रकामा राखेको थियो । सोमवार मोटरसाइकल लिन गएका स्थानीय युवाहरू शङ्कर लामिछाने र सागर लामिछानेलाई प्रनि पन्तले अपशब्द प्रयोग गर्दै हातपात गरेको एक स्थानीयले बताए । त्यसपछि प्रहरी कार्यालयअगाडि स्थानीयले प्रनि पन्तले गरेको व्यवहारको विरोध गर्दै केही बेर टायर बालेर प्रदर्शन गरेका हुन् ।

यसैबीच, युवाहरूमाथि प्रनि पन्तले दुव्र्यवहार गरेको भन्दै स्थानीय विरोधमा उत्रिएर इप्रकाअगाडि प्रदर्शन गरेपछि ठोरी–२ का अध्यक्ष किशोर तामाङ, सदस्य छलिमाया गुरुङलगायतका जनप्रतिनिधि र अगुवाहरूको रोहबरमा प्रहरी र पीडित युवाहरूबीच छलफल भएको थियो ।

छलफलमा युवाहरूले पनि अब आइन्दा भैंmझगडा नगर्ने र प्रहरीले पनि पूर्वाग्रह नराखी स्थानीयसँग मेलमिलाप गरेर व्यवहार गर्ने सहमति गरेको वडाध्यक्ष तामाङले बताए । उनले घटना सामान्य भएको बताउँदै प्रहरी र स्थानीय युवाबीच मिलापत्र भइसकेको जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments