Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-14

Lumbini, Palpa, Rainadevi Chhahara, Ward 1

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ६८ वर्षीय ठूलो बेने कुमाललाई मङ्सिर १० गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको भन्दै पीडित महिलाले मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको थियो ।

पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सई मोतीबहादुर खड्काले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १० गते जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनायो ।

यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments