Incident Reports

बिना विकल्प उठीबास गराएको भन्दै धनगढीमा मुक्तकमैयाको धर्ना

2019-11-30

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी उप–महानगरपालिकाले नगर स्वास्थ्य केन्द्र भवनको लागि खनेको जगमै बसेर मुक्तकमैयाले धर्ना थालेका छन्। बिना विकल्प आफुहरूले भोगचलन गर्दै आएको जग्गा जबरजस्ती डोजर प्रयोग गरी खाली गराई भवन बनाउन थालेको भन्दै धनगढी उप–महानगरपालिका वडा नम्वर ८ राधाकृष्ण मुक्तकमैया शिविरका मुक्तकमैयाले शनिबार बिहानैदेखि धर्ना थालेका हुन्।

आफुहरूको बासोबासको ग्यारेन्टी नगरेसम्म भवन निर्माणको कार्य अगाडी बढ्न नदिने उनीहरुको चेतावनी छ। उता धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष नारायण बरालले स्वास्थ्य भवन बनाउन थालेको जग्गा राधा कृष्ण मन्दिरको भएको र मन्दिरसंग मागेर भवन बनाउन थालेको बताए।

वडा अध्यक्ष बरालले भवन निर्माणको कार्य अगाडी बढ्न दिनुपर्ने बताउँदै केही दिनमा बासोबासको व्यवस्था मिलाइने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments