Incident Reports

कार्यस्थलमा यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-11-26

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 13

२६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नपा–१३ घर भई सोही ठाउँको एक कार्यालयमा कार्यरत ४२ वर्षीय हरि ढुङ्गेललाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई कार्यस्थलमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित महिलाले आरोपितविरूद्ध मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो ।

पीडित महिलालाई आरोपितले मङ्सिर १० गते यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ  । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते जिल्ला अस्पतालमा गरिएको छ ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments