Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-30

Lumbini, Bardiya, Gulariya

गुलरिया नगरपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज २५ गते साथीको घरमा सुतिरहेको अवस्थामा २५ वर्षीय दाजुलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसैलाई भने काट्छु, मार्छु भनी धम्की दिँदै पीडितलाई घटनास्थलमा छाडेर फरार भएका थिए ।

घटनाको बारेमा कसैलाई भने मार्ने धम्की दिएका कारण पीडित बालिकाले केही महिनासम्म कसैलाई भन्न नसकेको पीडित पक्षले जनायो ।

पीडा दबाउन नसकी आफ्नी फुपूलाई जानकारी गराएपछि फुपूले जिल्ला प्रहरी कार्यालय बर्दियामा मङ्सिर १३ गते आरोपितविरूद्ध जाहेरी दिनुभएको थियो ।

घटनाको बारेमा सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले मङ्सिर १४ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा मङ्सिर १३ गते गरिएको छ ।

मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments