Incident Reports

मुआवजा माग गर्दै अलौवासी आन्दोलित

2019-12-01

Madhes, Parsa, Birgunj

आफ्नो घरबाट बालबच्चासहित बाहिर आएका छौं, अधिकार नपाएसम्म अब लडाइँ लडिरहने अलौवासीले बताएका छन् ।

सरकारले अधिग्रहण गरेको जग्गाको चलनचल्ती अनुसार मुआवजा माग गर्दै सामूहिक बसोबासको व्यवस्था मिलाउन अलौवासीले माग गर्दै आइतवारदेखि आन्दोलन शुरू गरेका छन् । सरकारले सो स्थानको ६२ बिघा जग्गा अधिग्रहण गरेको तर हालसम्म उचित मुआवजा नदिएको भन्दै उनीहरूले आइतवार वीरगंज–पोखरिया सडकमा दुई घण्टा सडकजाम गरे ।

सुक्खा बन्दरगाह गेटअगाडि आजदेखि आन्दोलनको सुरुआत गरिएको आन्दोलनकारी बताए । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय पर्सामा मुआवजा माग गर्दै पटकपटक ज्ञापन बुझाएर थाकेको कारण आन्दोलनको बाटो अख्तियार गरेको सङ्घर्ष समितिका अध्यक्ष अम्बिका पटेलले बताए ।

७ वर्षदेखि जग्गालाई सरकारले रोक्का राखेको र बस्ती खाली गर्न ताकेता गर्दै आएको भएपनि उचित मुआवजा दिने कुरामा भने लापरवाह देखिएकोले दबाबको लागि आन्दोलनको बाटो अख्तियार गरेको पटेलले बताए । उनले आन्दोलन मुआवजाको विषय टुङ्गिएपछि मात्र विराम हुने बताए । सरकारले जग्गा रोक्का राखेको र मुआवजा पनि नदिएको कारण जग्गाधनीहरूमध्ये थुप्रैले आर्थिक समस्या झेल्नुपरिरहेको पटेलको भनाइ छ । जग्गा रोक्का राखेको कारण आर्थिक अभावमा उपचार अभावमा एकजना महिलाको ज्यान गएको शिक्षक विजय तिवारीले बताए ।

अलौवासीको आन्दोलनमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, राजपा पर्साका अध्यक्ष राजेशमान सिंह, नेका पर्साका सचिव श्याम पटेललगायतले ऐक्यबद्धता जाहेर गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Road block
Primary Cause Access/control of private land
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments