Incident Reports

किशोरीको अपहरण भएको भन्दै आफन्तद्वारा प्रदर्शन, तोडफोडको आरोपमा ३ पक्राउ

2019-12-02

Madhes, Saptari, Rajbiraj

सप्तरी । राजविराज नगरपालिका ७ निवासी १६ वर्षिया गौरी साहको अपहरण भएको भन्दै सोमबार आफन्तजन प्रदर्शन र तोडफोडमा उत्रेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा अपहरणमा परेको भनिएकी बालिकाका दाजु गोपाल साहसहित तीन जना छन् । प्रहरीले तोडफोड गरेको आरोपमा साहसँगै सोही वडा निवासी जय साह र राहुल रजकलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथी राजविराज ७ स्थित ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा तोडफोड गरेको आरोप छ । प्राप्त घ टना विवरण अनुसार राजविराज ७ निवासी देबेन्द्र साहकी १६ वर्षीया छोरी गौरी गत शनिबारदेखि बेपत्ता छिन् । परिवारजनले ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा कार्यरत राजविराज ७ निवासी विकास कर्णसहित तीन जना मिलेर गौरीको अपहरण गरेको दाबी गरेका छन् ।

यसबारे केटीका ठूलो बुबा राघवेन्द्र साहले जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी समेत दिएका छन् । तर, तीन दिन बित्न लाग्दा समेत आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरेको भन्दै आक्रोसित आफन्तजन प्रदर्शनमा उत्रेका हुन् । उनीहरुले किशोरी अपहरण गर्नेलाई अविलम्ब पक्राउ गर्न माँग गरेका छन् । प्रहरीले भने अपहरण भन्दा पनि यो विषय प्रेम प्रसङसँग जोडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जनाएको छ ।

यो अपहरण नै हो भन्न सकिने अवस्था छैन्, प्रेम प्रसङसँग जोडिएको अवस्था पनि देखिएको छ, डिएसपी तिलक भारतीले भने, ‘यद्दपी दुबै कोणबाट हाम्रो अनुसन्धान अघि बढेको छ ।’ उनले आक्रोशमा आएर कानुन हातमा लिने काम कसैले गर्न नहुने सुझाव समेत दिएका छन् ।

उनले किशोरी भगाउने केटा कर्णको खोजी कार्य तिब्र बनाइएको पनि जनाए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violent demonstration
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Rautahat

0 Comments