Incident Reports

बलात्कार प्रयास घटनाको प्रहरीले उजुरी नलिएको पीडित महिलाको गुनासो

2019-11-28

Madhes, Saptari, Shambhunath, Ward 12

३४ वर्षीया महिलाले शम्भुनाथ नपा–१२ कुशहाका ४५ वर्षीय लक्ष्मी साह हलुवाईविरुद्ध मङ्सिर २० गते दिएको जबरजस्ती करणी उद्योगको उजुरी सप्तरी प्रहरीले लिन अस्वीकार गरेको गुनासो गर्नुभएको छ ।

देवर, बहिनी र कानुन व्यवसायीसहित मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय पुग्नु भएकी पीडितलाई मुद्दा शाखाका इन्स्पेक्टर सन्तोष खडकाले सो क्षेत्रको घटना जिल्ला प्रहरी कार्यालयले नभई इलाका प्रहरी कार्यालय कल्याणपुरले हेर्ने भन्दै फर्काएको र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख इन्स्पेक्टर विष्णुप्रदिप बस्यालले सो क्षेत्रको घटना जिल्ला प्रहरी कार्यालयले नै अनुसन्धान गर्ने भनेपछि आफूहरू अन्यौलमा परेको बताउनु भयो ।

एक छोरीकी आमा ३० वर्षीया महिला र आफ्नो १६ वर्षीय छोराको बालविवाह गर्न दिएको दबाब नमानेपछि उत्पन्न विवाद समाधान गर्ने लोभ देखाई मङ्सिर १२ गते आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताइन् ।

छोराको विवाहबारे छलफल गर्न घर जाउ भनी सोही ठाउँका ३५ वर्षीय नसिम मियाँले स.१०प २५८३ नम्बरको मोटरसाइकलमा चढाई नसिमको खाली रहेको घर छेउको चौरमा लगेको र सोही ठाउँका ४० वर्षीय अनीलकुमार राय अमातले वडा अध्यक्षले भनेको मान्नु भनी सल्लाह दिएर गएपछि आएका आरोपित हलुवाईले बलात्कार प्रयास गरेको पीडितले बताउनुभएको छ । हलुवाई शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हुनुहुन्छ ।

पति काठमाडौँमा र ससुरा विराटनगरमा मजदुरी गरिरहेकाले उहाँहरूसँग सल्लाह भएपछि घटनाबारे प्रहरी वेस क्याम्प पत्थरगाढामा मौखिक उजुरी दिई लिखित उजुरी गर्न जिल्ला प्रहरी कार्यालय आएको पीडितले बताउनु भयो ।

उजुरी लिएर जाँदा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कल्याणपुरले एकले अर्काको जिम्मेवारी भन्दै उजुरी नलिई फर्काएको पीडितका देवरले बताउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments