Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-12

Madhes, Siraha, Siraha, Ward 6

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–६ का २८ वर्षीय दिपेन्द्र महरालाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत कात्तिक २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर ३ गते गरिएको थियो थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर उमाशङ्कर प्रसाद यादवले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय सप्तरी पठाएको बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले सिरहाबाट फकाएर सप्तरी लगी घटना घटाएकोले आरोपितलाई सप्तरी पठाएको उहाँले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Makwanpur , Local Newspaper - Parsa

0 Comments