2019-12-17
Lumbini, Nawalparasi West, Pratappur, Ward 8
पश्चिम नवलपरासीको प्रतापपुर–८ स्थित इन्दिरा सुगर मिलमा किसानले मंगलबार तालाबन्दी गरेका छन् । उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै मिलको मूल गेट र प्रशासन कक्षमा तालाबन्दी गरिएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
‘बर्सेनि एउटै समस्या झेल्दै आएका छौं । उद्योगीले उखु खरिद गरेपछि भुक्तानी दिन आनाकानी गर्छन्,’ उनले भने, ‘बक्यौता रकम भुक्तानी नभएसम्म अब ताल्चा खुल्दैन ।’ उखु खरिदबापतको रकम किसानलाई समयमै भुक्तानी दिने सहमति भए पनि भुक्तानी नभएपछि ताल्चा लगाउन बाध्य भएको पीडितले बताए ।
गत आवको मात्र ११ करोड रुपैयाँ बाँकी छ । आव ०७३/७४ देखिकै बक्यौता छ । प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्ला प्रशासन कार्यालयमा मिल प्रतिनिधिसहितको छलफलमा भुक्तानी प्रक्रिया सुरु गर्ने सहमति भए पनि भुक्तानीका लागि मिल सञ्चालकले कुनै चासो नदेखाएकाले तालाबन्दी गर्नुपरेको किसानको गुनासो छ । इन्दिरा सुगर मिलका प्रबन्धक सुरेन्द्र शुक्लाले चिनी बिक्री नभएका कारण भुक्तानी दिन नसकिएको बताए । उनका अनुसार चिनी बिक्री भएमा भुक्तानी गरेर पुस महिनाभित्र उद्योग सञ्चालन गर्ने तयारी छ ।
सुस्ता–५ का दीपक चौधरीको एक बिघामा उखु खेती छ । तर, उधारोमा उखु बेचेर घर खर्च ऋण गरेर चलाउन परेको पीडाले यो खेती नै छाड्ने मनस्थितिमा उनी छन् । ‘किसानको कुरा नै नसुन्ने, उद्योगले आफ्नै समस्या देखाउने, उखु फुल्न लागिसक्दासमेत उद्योग नचलाउने यस्तो प्रवृत्तिले किसान र उद्योगी दुवैलाई मर्का परेको छ,’ उनले भने, ‘वर्ष दिनसम्म पनि भुक्तानी नपाए राजमार्ग बन्द, उद्योगमा तालाबन्दी र अनशनसम्म बस्नुपर्ने पीडाले हामीलाई बर्सेनि पोल्ने गरेको छ ।’ समस्या समाधानको दीर्घकालीन उपाय खोज्नुपर्ने उनीहरूको सुझाव छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले उद्योग सञ्चालक र किसानबीच वार्ता भए उद्योगीले विभिन्न कारण देखाउँदै तोकिएको समयमा उद्योग सञ्चालन र भुक्तानी प्रक्रिया नदिएको बताए । पश्चिम नवलपरासीमा वाग्मती खाडसारी चिनी मिल्स सुस्ता, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्टिज प्रालि प्रतापपुरजस्ता ठूला चिनी मिल छन् । लुम्बिनी चिनी उद्योग बन्द भइसकेको छ ।
उखु क्रसिङको समयमा कुनै उद्योग बन्द हुनु र कुनैमा तालाबन्दी हुँदा किसान मर्कामा परेका छन् । जिल्लामा रहेको एउटा उद्योग बन्द र अर्कोमा तालाबन्दी भएपछि किसान थप मर्कामा परेका हुन् । धमाधम उखु काटेर उद्योगलाई दिनुपर्ने समयमा आधा मूल्यमा भेली उद्योगलाई उखु बेच्न बाध्य हुनुपरेको प्रतापपुरका उखु किसान रवीन्द्र यादवले बताए ।
समयमा उद्योग सञ्चालन नहुँदा उद्योगको क्षमताअनुसार उखु उपलब्ध हुन सकेको छैन । किसानले आधा मूल्यमा स्थानीय क्रसर उद्योगलाई उखु बिक्री गर्न बाध्य छन् । जिल्लामा सबैभन्दा बढी ०५९ सालमा ४२ लाख क्विन्टल उखु उत्पादन भएको थियो । गत वर्षसम्ममा त्यो घटेर २० लाखमा झरेको छ । गत वर्ष पाँच हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको उखु उत्पादक किसान समिति नवलपरासीले जनाएको छ । सिजनमा ४० लाख क्विन्टल उखु क्रसिङका लागि आवश्यक भए पनि उखु खेतीबाट किसान बर्सेनि विस्थापित हुन थालेपछि आवश्यकताभन्दा आधा मात्र उखु उत्पादन हुने गरेको छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Labor disputes, not including civil servants |
Actor 1 - Number of people | 50 |
Actor 1 - Affiliations | Labor organization, trade unions and other organizations based on economic demands |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Private company |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD