Incident Reports

घरेलु हिंसा गरेको आरोपमा पति गिरफ्तार

2019-12-22

Province 1, Bhojpur, Shadananda, Ward 1

३९ वर्षीया पत्नी सारदा भुजेलालाई धारिलो हतिया खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा षडानन्द नगरपालिका–१ भुजेलडाँडाका ४१ को हरिबहादुर भुजेललाई पुस ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितविरूद्ध पीडित पक्षले पुस ५ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए । सामान्य घरायसी विवादमा पतिले खुकुरी प्रहार गर्दा पीडित महिलाको टाउको शरीरको विभिन्न ठाउँमा गोहिरो चोट लागेकोले महिलाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

स्थानिय मेडिकल कुदाकाउलेमा उपचार पश्चात जिल्ला अस्पताल सङ्खुवासभामा थप उपचार भइरहेको प्रहरीको भनाइ छ ।

आरोपितलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनु भयो ।

गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments