Incident Reports

सेनाको जागिर छाडेर भागेका व्यक्ति पेस्तोलसहित पक्राउ

2019-12-26

Bagmati, Kathmandu, Budhanilakantha

८ पुस, काठमाडौं । नेपाली सेनाको जागिर छाडेर भागेका एक व्यक्तिलाई प्रहरीले कटुवा पेस्तोलसहित मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कपन बस्ने रामेछापको मन्थली नगरपालिका-१३ का ३५ वर्षीय रोशन वर्देवा रहेका छन् ।

नलकटुवा पेस्तोलसहित पक्राउ परेका वर्देवाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 Comments