Incident Reports

बलात्कार घटनाको उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पीडित पक्षको गुनासो

2019-12-11

Madhes, Saptari, Rupani, Ward 2

१६ वर्षीया बालिकालाई रुपनी गाउँपालिका–२ का २० वर्षीय चन्दनकुमार मण्डल र १८ वर्षीय पङ्कजकुमार मण्डलले बलात्कार गरेको भन्दै उपीडितकी आमाले दिएको उजुरी पुस ७ गतेसम्म जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको गुनासो गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयमा पुस १ गते लिएर गएको उजुरी दर्ता नगरेपछि जिल्ला हुलाक कार्यालयमार्फत रजिष्ट्ररी गरी उजुरी पठाएर पुस ७ गते पुनः जाँदा समेत उजुरी दर्ता नभएको पीडितकी आमाले गुनासो गर्नुभयो ।

उजुरी र रजिष्ट्ररी गरी पठाएको हुलाकको रसिद देखाउँदै पीडितकी आमाले भन्नु भयो–‘गाउँलेहरूले पैसा लिएर मिल्न भन्छन् । प्रहरीले गाउँमा छलफल गरी मिल्न भन्दै उजुरी दर्ता नगरेपछि थप पीडामा परेका छौँ ।’

घरपरिवारका सदस्यहरूका साथ पीडित खाना खाई मङ्सिर २५ गते राति घरदेखि १ सय ५० मिटरको दुरीमा भइरहेको रामलिला हेर्न गएकी थिइन् ।

छोरीलाई निन्द्रा लागेपछि राति साढे एक बजे सुत्न एक्लै घर गएका बेला एक्कासी घर प्रवेश गरी डरत्रास देखाई, कुटपिट गरी आरोपितहरूले बलात्कार गरेको पीडितले बताइन् ।

पीडितका अनुसार प्रतिरोध गरेपछि आरोपितले खाटमा पछार्दा टाउकोमा चोट लागेको पीडित पक्षले जनाएको छ ।

पीडित रून कराउन थालेपछि रामलिला हेरेर बाटोबाट फर्किरहेका मानिसहरूले सुनी आँगनमा आउँदा आरोपितहरू भागेको उहाँले बताउनु भयो ।

घाइते पीडितको रुपनीस्थित युनिक अस्पतालमा मङ्सिर २८ गतेसम्म उपचार भयो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुस १ गते स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले स्वास्थ्य परीक्षण गरेपनि उजुरी दर्ता भइनसकेको बताउनु भयो ।

मनोहरकुमार पोखरेल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments