Incident Reports

घरेलु हिंसापीडित महिला न्यायको खोजीमा

2019-12-25

Madhes, Rautahat, Chandrapur, Ward 5

चन्द्रपुर नपा–५ की ३५ वर्षीया बिमला श्रेष्ठलाई ३२ वर्षीय भाइ विकास श्रेष्ठ र २९ वर्षीया बुहारी अनु श्रेष्ठले पुस ९ गते टाउको, मुख, आँखा, हातलगायत शरीरको विभिन्न अङ्गमा चोट पर्ने गरी कुटपिट गरेको भन्दै इन्सेक कार्यालय, रौतहटमा र चन्द्रपुर नगरपालिकामा जानकारी गराउँदै पीडितले न्यायको याचना गर्नुभएको छ ।

१५ वर्ष अगाडि काठमाडौँको टोखामा विवाह भएको उहाँको एक छोरी पनि रहेकी छन् । पतिको हिंसा खप्न नसकी माइतीको घरमा बस्दै आउनु भएकी बिमलाले माइती घरमा पनि सधैँजसो हेपाई, कुटाइ खेप्नु परेको बताउनुभएको छ ।

पीडित महिलाको उपचार पुस ९ गते चन्द्रनिगाहापुर अस्पतालमा भएको छ ।

उपचार पश्चात पीडित महिलामाथि आफन्तबाट नै घटना भएकोले अदालत जान सहयोग गर्ने चन्द्रपुर नपाकी उपप्रमुख रामरती चौधरीले बताउनु भयो ।

कोपिला तिमल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments