Incident Reports

अवैध गिट्टीढुंगामा कडाई गरेपछि ट्याक्टरबाटै नगर कार्यालय घेराउ

2019-12-30

Province 1, Udayapur, Belaka

उदयपुर– अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै आएका ट्याक्टर पक्राउ परेपछि उदयपुर बेलका नगरपालिकाका ट्याक्टर चालक आन्दोलित भएका छन्। उनीहरुले ४ दर्जन ट्याक्टर सहित सोमबार साँझदेखि नगर कार्यालय घेराउ गरिरहेका छन्। शनिबार साँझ बालुवा, गिटी बोकेर सप्तरीतर्फ जाँदै गरेको ३ वटा ट्याक्टर नगरप्रमुख दुर्गाकुमार थापाले भेटेर प्रहरीलाई बुझाएको विरोधमा ट्याक्टरहरु भेला भएर नगर कार्यालय घेराउ गरिएको हो।

साँझ पौने ५ः०० बजेदेखि भएभरका ट्याक्टर जम्मा भएर नगरपालिका घेराउ गर्दा नगरपालिका परिसरमै रहेको इलाका स्वास्थ्य चौकी र बर्थिङ सेन्टर समेत प्रभावित भएको छ।ट्याक्टरले घेरेपछि वर्थिङ सेन्टर जान आउन समेत अवरोध हुँदा विरामीले उपचार पाउन नसकेको मेयर थापाका सल्लाहकार नारद निरौलाले बताए।उनका अनुसार अहिले ४० भन्दा बढी ट्याक्टरले नगरपालिका कार्यालय रहेको वर्थिङ सेन्टरदेखि नगरपालिका प्रवेशद्वार, पूर्वी र पश्चिमी सडक भरिभराउ भएको छ। सुरुमा गाईघाट–चतारा खण्डको सडकै अवरुद्ध गरेको ट्याक्टरहरुलाई प्रहरीले हटाएपछि यातायात भने रोकिन पाएको छैन।

दुईदिनअघि एक कार्यक्रममा जाने क्रममा बालुवा र ढुंगा गिटी बोकेका ३ ट्याक्टर बेलका ३ को सातपत्रेदेखि दक्षिणतर्फ गिनेरी खोला तरेर जाँदै गरेको भेटेर सोधपुछ गर्दा कोही जिम्मेवार नदेखिएपछि प्रहरीलाई जिम्मा लगाएको विरोधमा यस्तो प्रदर्शनमा उत्रिएको हुनसक्ने मेयर थापाले बताए।नगरपालिकाभित्रको नदीजन्य पदार्थ ठेक्का लागिसकेको अवस्थामा कोही स्थानीयलाई ढुंगा, गिट्टी र बालुवा चाहिए टोलविकास संस्था र वडा कार्यालयको सिफारिसमा सहजै र सस्तै मूल्यमा उपलब्ध गराउने नगरकार्यापालिका र सर्वदलीय निर्णय हुँदाहुँदै अवैध रुपमा लाँदै गरेको भेटेपछि ट्याक्टर प्रहरीलाई बुझाएको थापाले बताए। ट्याक्टर चालकहरु प्रदर्शनमा उत्रेपछि जिल्लाबाट  थप शान्ति सुरक्षाको माग गरिएको मेयर थापाले बाताए।इलाका प्रहरी कार्यालय रामपुरका इन्सपेक्टर रामचन्द्र साहले दिउसो ४ः०० बजेजस्तो समयमा केही ट्याक्टर आएको र साँझ पर्दासम्म पुरै नगरपालिका वरिपरि भरिनेगरी भेला भएको बताए।निर्वाधरुपमा ट्याक्टर चलाउन पाउनुपर्ने, गिटी,  बालुवाको ठेक्का रद्द गर्नुपर्ने तथा पक्राउ ट्याक्टर छाड्नुपर्ने माग उनीहरुले गरेको इन्सपेक्टर साहले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments