Incident Reports

छोरीमाथि बलात्कारको आरोपमा बाबु हिरासतमा

2019-12-30

Bagmati, Kathmandu, Kathmandu

१६ पुस, काठमाडौं । छोरीले बाबुविरुद्ध पटकपटक बलात्कार गरेको उजुरी दिएपछि एक जना पक्राउ परेका छन् । काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्ने ४० वर्षका व्यक्ति पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्ने व्यक्तिविरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न बुधबार ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, काठमाडौंले म्याद दिएसँगै प्रहरीले एक साता उनलाई हिरासतमा राखेर कसूरमाथि अनुसन्धान गर्नेछ ।

बुबाको आमासँग राम्रो सम्बन्ध छैन भने २२ वर्षीया छोरी बाबुसँग डेरामा बस्दै आएकी थिइन् । बुबा ज्याला मजदुरी गर्छन् । तीन पटक बुबाले आफूमाथि करणी गरेको जाहेरीमा उल्लेख छ । सोमबार आफन्तसहित आएर उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ र स्वास्थ्य परीक्षण गरेको थियो ।

अनुसन्धान अधिकृतहरुले बुबाले कसूर स्वीकार्दै माफी मागेको बताएको छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments