Incident Reports

विभिन्न हातहतियार बरामद

2020-01-07

Province 1, Bhojpur, Tyamkemaiyung, Ward 4

भोजपुर, २० पुस   

ट्याम्केमैयुङ गाउँपालिका-४ हरकटे सामुदायिक वनबाट भरुवा बन्दुक १ नाल, बारुद करिब १ सय ग्राम र शिसाको टुक्रा २२ वटा शनिबार साँझ बरामद भएको छ । सो स्थानमा सशस्त्र अस्थायी वेश क्याम्प चखेवानागी भोजपुरबाट खटिएको सशस्त्र प्रहरी बलको गस्ती टोलीलाई देखेर करिब ५ जना मानिसहरू भागेपछि गस्ती टोलीले उक्त बन्दुक तथा सामान बरामद गरी ईलाका प्रहरी कार्यालय दिल्पा भोजपुरमा बुझाएको  छ ।       

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments