Incident Reports

प्रदेश ३ को नाम नेवा:ताम्सालिङ राख्न माग गर्दै समाजवादीको प्रदर्शन

2020-01-11

Bagmati, Kathmandu, Kathmandu

समाजवादी पार्टी नेपालले प्रदेश नम्बर ३ को नाम पहिचानमा आधारित भएर राख्नुपर्ने माग गरेको छ।

शनिबार काठमाडौंमा प्रदर्शन गर्दै समाजवादीले प्रदेशको नाम नेवा:ताम्सालिङ राख्न माग गर्दै प्रदर्शन गरेको हो।

समाजवादी प्रदेश ३ को आयोजनामा शनिबार दिउँसो रत्नपार्कमा प्रदर्शन भएको हो। प्रदर्शनपछि आयोजित कोणसभामा समाजवादीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, नेतृ हिसिया यमीलगायतले सम्बोधन गरेका थिए।

पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार प्रदेश ३ को नाम बाग्मती राख्ने विषयमा पार्टीले फरक मत राखेको हो।

‘प्रदेशको नाम पहिचानमा आधारित हुनुपर्छ र राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ पाण्डेले सेतोपाटीसँग भने।  

प्रदेश ३ को स्थायी नाम बाग्मती र राजधानी हेटौंडा राख्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रतिपक्षी दल राप्रपा र राप्रपा संयुक्तले शनिबार नै संयुक्त प्रस्ताव दर्ता गराइसकेका छन्।

आइतबार बस्ने प्रदेशसभा बैठकले उक्त प्रस्ताव पारित गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis