Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-01-09

Karnali, Kalikot, Pachaljharana, Ward 3

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पचालझरना गाउँपालिका–३, खार्दुका ३५ वर्षीय गंगे लुवारलाई पुस २७ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई पुस २४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले पुस २६ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्याम ओलियाले बताउनुभयो ।

घटनाका क्रममा पीडितको हात भाँचिनुका साथै छातीमा चोट लागेपछि पुस २५ गतेदेखि जिल्ला अस्पताल, कालिकोटमा स्वास्थ्य परीक्षण र उपचार भईरहेको प्रहरीले जनाएको छ ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments