Incident Reports

क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा

2020-01-13

Gandaki, Tanahun, Bhimad, Ward 6

तनहुँ– तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् ।

क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले भीमाद नगरपालिका–६ स्थित बजारमा बाटो बन्द गर्दै सवारीसाधन सञ्चालनमा अवरोध पुर्‍याएका हुन् ।

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नं बस अनियन्त्रित भई सडकबाट खस्दा बसमा सवार घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ गाउँपालिका–३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा अन्य २२ जना यात्रु घाइते भएका थिए ।

घटना भएको चार दिन बितिसक्दा पनि यातायात समितिका तर्फबाट क्षतिपूर्तिका लागि पहल नभएको भन्दै पीडित परिवारले बाटो बन्द गर्दा सवारीसाधन चल्न सकेका छैनन् । बाटो अवरुद्ध हुँदा भीमाद बजार हुँदै ऋषिङ, घिरिङ, पाल्पा र स्याङ्जाका विभिन्न ठाउँ जाने यात्रुहरु मर्कामा परेका छन् ।

इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले यातायात समितिका सम्बन्धित व्यक्ति आइसकेकाले क्षतिपूर्तिका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाटो सञ्चालन गर्ने विषयमा पीडित पक्षसँग पनि छलफल चलिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments