2020-01-13
Province 1, Dhankuta, Chhathar Jorpati, Ward 2
छथर जोरपाटी गाउँपालिका–२ हात्तीखर्ककी २५ वर्षीया उमादेवी नेपालीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध पुस २८ गते प्रहरीमा उजुरी दिएको छ ।
घरायसी विवादका क्रममा २४ वर्षीय देवर विनोद नेपाली र २३ वर्षीया देवरानी सुनिता नेपालीले पुस २८ गते कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित उमादेवीले बताउनुभयो ।
कुटपिटबाट घाईते उमादेवीको सम्वेदनशील अङ्गमा चोट लागेकाले चिकित्सकहरूले जिल्ला अस्पतालमा उपचार हुन नसक्ने बताएपनि आफू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) जान नसकेको पीडित उमादेवीले बताउनुभयो ।
कुटपिटका कारण शरीरमा गहिरो चोट देखिएकाले घोपा रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
यसैबीच आरोपित पक्ष र पीडित पक्षबीच पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा छलफल हुने भएको छ । घरायसी विवादका क्रममा पति नभएको मौका छोपी देवरले कुटेको विषयमा पीडितले उजुरी दिएपछि छलफलका लागि दुवै पक्षलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय एसपी सुर्दशनप्रसाद कोइरालाले बताउनु भएको छ ।
ईश्वर थापा
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Domestic violence |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | youth |
Total Injured | 1 |
Female Injured | 1 |
Youth Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19