Incident Reports

याैन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-01-13

Bagmati, Ramechhap, Manthali

एक १८ वर्षीया युवतीलाई ०७६ पुस २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा मन्थली नगरपालिका–१ का ५५ वर्षीय केदारप्रसाद दाहाललाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ ।

मन्थलीमा लेखापढी व्यवसाय गर्दै आएका दाहालले आफ्नै कार्यालयमा बोलाई दुर्व्यवहार गरेको पीडित बालिकाको भनाई छ । पीडित पक्षले उजुरी गर्ने बित्तिकै दाहाललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी बसन्त पाठकले जनकारी दिनुभयो ।

दुवैजनाको मन्थली स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुस २८ गते स्वास्थ्य परीक्षण गरिएको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

नवराज पथिक

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments