Incident Reports

भोजपुरमा एमसीसीको विरोध गर्ने तीनजना पक्राउ

2020-01-17

Province 1, Bhojpur, Bhojpur

भोजपुर । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसीको विरोध गरेको भन्दै भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तीनै जनालाई माघ २ गते साँझ भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो । तर, स्थानीयले प्रतिकार गरेपछि प्रहरी फर्किए पनि सोही राती उनीहरुलाई घरैमा सुतिरहेको बेला पक्राउ गरेको हो ।

स्थानीयले जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए । तर, उनले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नुपर्ने भन्दै पक्राउ गरिएको बताए ।

पक्राउ परेकाहरुले सदरमुकाम नजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर टाँगेर विरोध गरेका थिए । पक्राउ परेकाहरुले प्रहरीलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments