Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2020-01-16

Gandaki, Nawalparasi East, Bulingtar, Ward 4

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले अर्खला स्वास्थ्य चौकी बुलिङ्गटार गाउँपालिका–४ उपल्लो अर्खलाका प्रमुख ४२ वर्षीय टोकबहादुर सुस्लिङ्ग मगरविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा माघ ४ उजुरी दिएको छ ।

माघ २ गते साँझ पीडित महिलालाई आरोपित सुस्लिङ्गले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा जानकारी गराएका थिए ।

पीडित पक्षबाट जानकारी प्राप्त भएसँगै आरोपितलाई गिरफ्तार गर्न माघ ३ गते नै टोली परिचालन गरिएको इन्स्पेक्टर गणेशबहादुर नरल क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपित टोकबहादुर अहिले फरार रहेकाले खोजी कार्य जारी रहेको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ ३ गते चितवन जिल्ला अस्पताल, भरतपुरमा गरिएको छ ।

पीडित पक्षले माघ ३ गते इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेसँग सम्पर्क गरी घटनाबारे जानकारी गराएका थिए । इन्सेक जिल्ला प्रतिनिधि डुम्रे सहित अन्य सरोकारवालाको टोलीले पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ताको लागि आवश्यक सहयोग गरेको थियो ।

 तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Kaski , Local Newspaper - Rupandehi

0 Comments