Incident Reports

बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटि

2019-11-14

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 11

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवाकी एक महिलालाई बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी छन् ।

ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ बर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् ।

आफन्तहरु मोती प्रसाद मण्डल, बिना देबी र अलका मण्डलले छोरा तथा गाईभैंसीलाई बोक्सी लगाएको भन्दै लात, मुक्काले निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन् ।

कुटपिटबाट गम्भीर घाईते भएकी श्यामबत्तिको गजेन्द्र नारायण सिह अस्पताल राजबिराजमा उपचार भईरहेको छ ।

दुई महिना अगाडी पनि बोक्सीको आरोपमा आफू र श्रीमानलाई समेत उनीहरुले खुट्टा भाच्ने गरी कुटपिट गरेको पीडित श्यामबतिले जानकारी दिइन् । सो समयमा कुटपिट घटनाबारे ईलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिएपछि स्थानिय जनप्रतिनिधि, प्रहरी तथा स्थानियहरूको पहलमा अब उपरान्त कुटपिट नगर्ने भनी मिलापत्र गराइएको थियो ।

मिलापत्र भएको दुई महिना नबित्दै पुनः गालीगलोज, कुटपिट हुन थालेपछि परिवारको शान्ती सुरक्षा मिलाईदिन पीडितका पति बचेलालले आग्रह गरेका छन ।

यता पीडितले दोषीलाई कानुनी बमोजिम कारवाही सँगै क्षतिपुर्ति माँगसहित आबश्यक शान्ती सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी समेत दिएका छिन ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Saptari , Local Newspaper - Sunsari

0 Comments