Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-04

Bagmati, Sindhupalchok, Melamchi, Ward 13

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेलम्ची नगरपालिका–१३ का २४ वर्षीय सरोज वि.क.लाई ०७६ माघ ५ गते बेलुकी प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ पुस १९ गते बालिकालाई विवाह गर्छु भनि घरमा ल्याई बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितको पक्षबाट पीडितकी आमाले इलाका प्रहरी कार्यालय मेलम्चीमा ०७६ पुस २३ गते उजुरी गरेको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परिक्षण ०७६ पुस २३ गते मेलम्ची स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो । डिएसपीका अनुसार आरोपित फरार भएकाले लुकिछिपि बसेको अवस्थामा मेलम्ची बजारबाट गिरफ्तार गरिएको हो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments